जनछहरी स्वावलम्बन सहकारीको २०औं साधारण सभा सम्पन्न, रिता महत अधिकारी अध्यक्ष चयन”

बकैया दर्पण संवाददाता
२६ कार्तिक २०८२, मंगलवार ०४:५३

बकैया (मकवानपुर): बकैया गाउँपालिका–७, भीरकोटस्थित जनछहरी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट रिता महत अधिकारीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको छ।

सहकारीको नयाँ कार्यसमितिमा उपाध्यक्षमा रामकुमार राई, सचिवमा मनिषा लामा जिम्बा, कोषाध्यक्षमा गोकुल प्रसाद ढकाल चयन भएका छन्। त्यस्तै, सदस्यमा भक्तबहादुर ब्लोन, तिलकुमारी गुरुङ, कुमारी जिम्बा, रोशन घिमिरे र ललिता कुमारी माझी रहेका छन्।

लेखा सुपरिवेक्षण समितिमा सिंहविर घलान र प्रमिला तिमल्सिना दाहाल चयन भएका छन्।

कार्यक्रममा बकैया गाउँपालिका जनप्रतिनिधि, स्थानीय बुद्धिजीवी, विभिन्न सहकारीका प्रतिनिधि तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष रिता महत अधिकारीले सहकारीको उद्देश्य अनुसार आर्थिक सशक्तिकरण, सदस्यहरूको हित र पारदर्शितामूलक सहकारी सञ्चालनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*