खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित एक महिला पक्राउ
मकवानपुर, कार्तिक २२ – मकवानपुर प्रहरीले लागुऔषध (खैरो हिरोईन जस्तो देखिने पदार्थ) सहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
शुक्रबार बेलुकी करिब ६:३० बजे हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा प्रहरी चौकी रातोमाटेको टोलीले नियमित जाँचका क्रममा बागमती प्रदेश ३–००१ ज ९९८ नम्बरको इभी (EV) गाडी रोकेर चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो।
गाडीमा सवार मनहरी गाउँपालिका–९ की ३६ वर्षीया अनिता श्रेष्ठको साथबाट १४.७६ ग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ भेटिएको प्रहरीले जनाएको छ।
महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको छ।
प्रहरीका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।
