ट्रक पल्टिएर कान्तिलोकपथ सडक खण्ड अवरुद्ध

बकैया दर्पण संवाददाता
२२ कार्तिक २०८२, शुक्रबार ०८:१७

मकवानपुर, बकैया गाउँपालिका–११ लेनडाँडा ।
आज बिहान करिब ४:४५ बजे मकवानपुरको बकैया गाउँपालिका वडा नं ११ स्थित कान्तिलोकपथ सडक खण्डमा एक मिनि ट्रक दुर्घटना भएको छ।

अ.प्र.पोष्ट जितपुरभज्याङ मकवानपुरबाट प्राप्त जानकारी अनुसार बारा जिल्लाबाट परालको भुस लोड गरी काठमाण्डौ तर्फ जाँदै गरेको मधेश प्रदेश–०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक सडकको खाल्डाखुल्डीमा चिप्लिएर अनियन्त्रित भई बीच सडकमा नै पल्टिएको हो।

दुर्घटनाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको र हाल उक्त ट्रक हटाउनका लागि क्रेनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
मानविय क्षति नभएको पुष्ट भएको छ।

दुर्घटनाबारे जानकारी पाएपछि अस्थाई प्रहरि पोष्ट जितपुरभज्याङका बाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कारवाही अगाडि बढाइरहेको छ।

ट्रक चालक जिल्ला बारा, कोल्बि नगरपालिका–४ निवासी २४ वर्षका समिर तामाङ प्रहरी सम्पर्कमा रहेका छन्।
दुर्घटनास्थल अस्थाई प्रहरी पोष्ट जितपुरभज्याङबाट करिब ४ किलोमिटर पूर्व तर्फ पर्ने बताइएको छ।

सडक सुचारु गर्न प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*