एन्फा प्रेसिडेन्ट लिग बुधबारबाट हेटौंडामा सुरु हुने, १ करोड ५४ लाख खर्च

बकैया दर्पण संवाददाता
१८ कार्तिक २०८२, सोमबार १७:१५

मकवानपुर : अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हेटौंडामा बुधबारदेखि एन्फा प्रेसिडेन्ट लिग सुरु हुने भएको छ। सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले लिगबारे जानकारी गराएको हो।

एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा १० टिमहरुले प्रतिस्पर्धा गर्ने बताए । गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब(काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब कास्की सहभागी छन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा सञ्चालन हुनेछ। हेटौंडा-६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगिता आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। सेमिफाइनलका चार टिमहरुले राष्ट्रिय लिगमा सहभागी हुन पाउनेछन् ।

रबिन्द्र वाईबा

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार बजेट रहेको प्रवक्ता शाहले बताए।

पत्रकार सम्मेलनमा एन्फाका केन्द्रीय सदस्य एवम् प्रतियोगिताका संयोजक टीका राम लामा, सदस्य संयोजक लवराज ठकुरी, एन्फा मकवानपुरका उपाध्यक्ष युवराज लामा, कोषाध्यक्ष अमृत लुङ्बा लगायतको उपस्तिथि रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*