बकैया- ७ हात्तिखोलाका कुखुरा फार्म सञ्चालक थापा मृत फेला

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०८२, आईतवार १४:१०

मकवानपबकैया गाउँपालिका वडा नं–७ हात्तिखोला स्थित कुखुरा फार्म सञ्चालन गर्दै आएका दोलखा जिल्ला कालिन्चोक गाउँपालिका–२ थाप गाउँ निवासी अन्दाजी ३७ वर्षीय पूर्णबहादुर थापा आफ्नै फार्म नजिकै मृत अवस्थामा फेला परेका छन्।

थापा कार्तिक १२ गतेदेखि परिवारसँग सम्पर्कविहीन रहेका थिए। खोजतलासका क्रममा कार्तिक १६ गते (आइतबार) बिहान फार्मबाट करिब एक किलोमिटर दक्षिणतर्फ रहेको धनेश्वर पार्क नजिक हात्तिचर सामुदायिक वनको जंगलमा सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनी १७ वर्षदेखि हात्तिखोलामा कुखुरा पालन व्यवसाय गर्दै आएका थिए। उनका एक श्रीमती र एक छोरा रहेका छन्।

घटनास्थलको जानकारी पाएपछि हात्तिसुडे प्रहरी चौकीका प्रहरी  सहायक निरीक्षक कृष्ण लामाको टोलीइलाका प्रहरी कार्यालय फापरबारिका प्रहरी निरीक्षक पवलसिंह लामाको टोली पुगेर मुचुल्का उठाई मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*