अवरुद्ध कान्तिलोकपथ सडक सञ्चालनमा

बकैया दर्पण संवाददाता
१७ कार्तिक २०८२, आईतवार १०:२२

मकवानपुर, असोज १६ ।
मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा बिहान खसेको ठूला ढुङ्गाका कारण अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ।

आज बिहान करिब ६:५५ बजे बाटो माथिबाट ठूला ढुङ्गा खसेपछि सडक पूर्णरूपमा बन्द भएको थियो। घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट जितपुर मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय निकायसँग समन्वय गर्दै सडकबाट ढुङ्गा हटाउने कार्य सुरु गरेको थियो।

प्रहरी तथा स्थानीय बासिन्दाको सक्रियतामा केही घण्टाको प्रयासपछि बाटो पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

अवरुद्ध स्थान अ.प्र.पोष्ट जितपुरबाट करिब ४ किलोमिटर पूर्व पर्ने बताइएको छ। यस घटनामा कुनै प्रकारको मानविय क्षति नभएको प्रहरीले स्पष्ट गरेको छ।

सडक सञ्चालनमा आएपछि सवारी आवागमन सामान्य रूपमा पुनः सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*