बकैया–४ माझिखोला नजिक दुर्घटना, दुई घाइते
मकवानपुर।
हिजो राति करिब १० बजेर ३० मिनेट जाँदा बकैया गाउँपालिका–४ माझिखोला बाँसघारी नजिक मोटरसाइकल दुर्घटना भएको छ।
दुर्घटनामा मोटरसाइकल सवार बकैया गाउँपालिका–४ सानो थली निवासी १७ वर्षीय फुर्साङ घलान र पैदलयात्री त्यसै वडा पहरेका ५८ वर्षीय बद्री गौतम घाइते भएको स्थानिय जीवन संजेलले जनाएको छ।
घाइते दुबैजनालाई राति नै उपचारका लागि भरतपुर अस्पताल लगिएको जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारण खुलेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
