मैत्रीपुर्ण महिला फुटबलमा बकैया र हरिहरपुरगढीको बराबरी

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८२, सोमबार २१:५३

बकैया: मकवानपुरको बकैया गाउँपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण फुटबल खेल भएको छ । सोमबार बकैया-३ स्थित बकैया रंगशालामा दुई पालिकाको महिला फुटबल टिमबीच मैत्रीपुर्ण खेल भएको हो ।

तस्बिर : रबिन्द्र वाईबा

दुई टिमले १-१ गोलको बराबरी खेलेका छन् । हरिहरपुरकी पुर्णिमा माझी र बकैयाकी सिर्जना लामाले एक-एक गोल गरिन् । हरिहरपुरगढी खेलकुद विकास समितिले अर्को पटक आफ्नो पालिकामा मैत्रीपुर्ण खेलका लागि बकैया खेलकुद विकास समितिलाई निमन्त्रणा दिएका छन् भने बकैया पनि सिन्धुली जाने भएका छन् ।

सोमबार भएको मैत्रीपुर्ण खेलमा हरिहरपुरगढी खेलकुद विकास समितिका संयोजक लक्ष्मी बहादुर राई (हिमाल), बकैया-३, खेलकुद विकास समितिका संयोजक कृष्ण लो र वडा नम्बर ८ का वडा खेलकुद विकास समितिका संयोजक जय बहादुर थोकर लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*