बकैयामा भोलि `प्रश्न जनताको कार्यक्रम´ हुँदै, ऋषि धमलाले सञ्चालन गर्ने

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८२, शुक्रबार २२:०५

बकैया: बकैया गाउँपालिकामा भोलि शनिबार `प्रश्न जनताको कार्यक्रम´सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि नेपालका वरिष्ठ पत्रकार ऋषि धमला बकैया आइपुगेका छन् ।

बकैया-७, हात्तीखोलास्थित बकैया कृषि औद्योगिक ग्राममा कार्यक्रम सञ्चालन हुने बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले जानकारी दिनुभयो। कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ । कार्यक्रममा सहभागी हुन राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र जनताहरुलाई आग्रह गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*