कान्तिलोकपथ पुर्ण रुपमा अवरुद्ध

बकैया दर्पण संवाददाता
१० जेष्ठ २०८२, शुक्रबार २१:३१

मकवानपुर: हेटौंडा-ठिंगन हुँदै काठमाडौं जोड्ने कान्तिलोक पथ सडकखण्ड पुर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रवार राती ८ बजेको समयमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साईडको भाग खोलाले बगाएपछि सडकखण्ड पुर्ण रुपमा अवरुद्ध बनेको हो ।

खोलाको बहाब बढेर सडक पुर्ण रुपमा अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अहिले बाटो खुलाउनको लागि पहल भइरहेको तर पानी परिरहेकोले तत्काल बाटो खुलाउन सक्ने अवस्था नरहेको जनाएको छ । प्रहरीले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*