बागमतीमा खोरेत खोप धमाधम लगाउन सुरु
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा गाउँभैसी लगायत पशुचौपायामा खारेत खोप लगाउने कार्य जारी छ । पालिकाको पशुपंक्षी विकास शाखाकोे व्यवस्थापनमा धमाधम खारेत खोप लगाउने कार्य भइरहेको पशु चिकित्सक डा.विमल सिलवालले जानकारी दिनुभयो ।

तस्बिर : रबिन्द्र वाईबा
सिलवालका अनुसार सबै वडामा खोप पुगिसकेर लगाउन कार्य जारी छ । शाखाका प्राविधिक राजेन्द्र गोलेको अनुसार बागमती गाउँपालिकामा बैशाख ३० गते मंगलबारसम्म ३ हजार ५ सय ९० खोरत खोप लगाइएको छ । मंगलबारसम्म वडा नम्बर ६ मा २ सय ५०, वडा नम्बर ९ मा १ हजार ३ सय ५०, वडा नम्बर ५ मा ४ सय, वडा नम्बर ७ मा १ सय ४ र ८ नम्बर वडामा ५ सय ५० खोप लगाएको छ ।
बाँकी वडामा खोप लगाउनका लागि तयारी पुरा भएको गोलेले बताउनुभयो । उहाँका अनुसार पालिकाभरी योे पटक लागि १० हजार खोप लगाउने लक्ष्य छ । खोप अभियानमा आफ्नो पशुचौपायाहरुलाई खोप लगाउन उहाँले कृषकहरुलाई आग्रह गर्नुभएको छ ।
