सिर्जनशील टोल विकास संस्थाद्वारा विद्यार्थीहरुलाई सम्मान

बकैया दर्पण संवाददाता
११ बैशाख २०८२, बिहीबार १०:०३

बकैया दर्पण : बकैया गाउँपालिका-५ स्थित सिर्जनशील टोल विकास समितिलाई विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
बुधबार संस्थाले शैक्षिक सत्र २०८१ मा कक्षा १ देखी ९ सम्म अध्ययन गरी अन्तिम परीक्षामा उत्तीर्ण हुन सफल भएका टोल विकास संस्था क्षेत्र भित्रका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा मकवानपुरका साहित्यकारहरुले आफ्नो कृति र अन्य पुस्तक सौजन्य गर्नुभएको थियो । साहित्यकार जनार्दन खनालले १३ थान, रमेशमोहन अधिकारीले २५ थान, विश्वनाथ संजेलले १० थान, दिपक गौतमले १५ थान र नवसर्जक साहित्य चौतारी नेपालका तर्फबाट १५ थान गरी जम्मा ७८ थान किताब बालबालिकाहरूलाई प्रदान गरिएको जनाएको छ ।

तस्बिर : बिजय दोङ

 

टोल विकास संस्थाका अध्यक्ष विजय दोङको सभाध्यक्षता तथा बकैया-५ की वडाध्यक्ष लक्ष्मी जिम्बाको प्रमुख आतिथ्यतामा भएको बधाई तथा सम्मान कार्यक्रममा वडाका आदरणीय सचिव सुमन थापा, राजदमार आधारभूत स्वास्थ्य चौकीका प्रमुख सम्झना राना मगर, हरियाली टोल विकास संस्थाका अध्यक्ष जम बहादुर मोक्तान, लालीगुराँस टोल विकास संस्थाका अध्यक्ष श्संचार सिंह थिङ,गीतावर आविका शिक्षक विनोद कुमार दोङ, संस्थाका सल्लाहकार बिल बहादुर दोङ लगायत विध्यार्थी र अभिभावकहरूको उपस्थिति रहेको थियो ।

तस्बिर : बिजय दोङ

तस्बिर : बिजय दोङ

तस्बिर : बिजय दोङ

तस्बिर : बिजय दोङ

तस्बिर : बिजय दोङ

तस्बिर : बिजय दोङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*