बकैयाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरण पुगेको छ । बकैया-३, हात्तीसुँडेस्थित निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको हो ।
गाउँपालिकाको सव-इन्जिनियर श्याम खतिवडाका अनुसार हालसम्म भवन निर्माण कार्यको ९० % कार्य सम्पन्न भएको छ । १२ करोड ३ लाख १७ हजार बजेटको उक्त भवनको निर्माण कार्य ७ करोड ८२ लाख ८५ हजारमा आशिर्वाद संजय शुभानी जेभी हेटौँडाले गरिरहेको छ ।
भवन निर्माणका लागि २०७९ जेठ ३१ गते सम्झौता भएको थियो ।
स्थानीय पुर्वधार विकास विभाग ६०% र बकैया गाउँपालिकाले ४० % भुक्तानी गर्नुपर्ने भवन निर्माण सम्पन्न अवधी २ वर्षको रहेको थियो । बकैया गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम ४०% भुक्तानी भइसकेको तर स्थानीय पुर्वधार विकास विभाग ६०% रकम भुक्तानीमा ढिलाई भएको कारण निर्माण कार्यमा ढिलाई भएको जनाएको छ ।
निर्माण पक्षलाई समयमा भुक्तानी नपाएपछि समय अवधि थपेर निर्माण समय अवधी एक वर्ष म्याद थप गरिएको थियो । जस अनुसार आगामी असार मसान्त सम्ममा निर्माण कार्य सकाउनुपर्नेछ ।