कुलमानलाई हटाएकोमा निन्दा गर्दै प्रचण्डले भने- कथित दुईतिहाइको दम्भमा गरिएको निर्णय

बकैया दर्पण : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोमा सरकारको आलोचना गरेका छन्।
उनले कुलमानलाई बर्खास्त गरेको समाचार विभिन्न सञ्चारमाध्यबाट पाएको आफ्नो सामाजिक सञ्जालमा उल्लेख गर्दै सो समाचार असत्य सावित होस् भन्ने कामना पनि गरेका छन्।
साथै प्रचण्डले आजको मन्त्रिपरिषद बैठकले कुलमानलाई बर्खास्त गरेको भए सरकारको उक्त कदम बिल्कुल गलत र आपत्तिजनक भएको भन्दै भर्त्सनासमेत गरेका छन्।
उनले ‘कथित दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दछु’ भनि सञ्जालमा उल्लेख गरेका छन्।
यस्तो छ सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डको अभिव्यक्तिः