कानुनका लुपहोलको गतल प्रयोग गरी सदस्यको बचत दुरुपयोग भयो

बकैया दर्पण संवाददाता
७ चैत्र २०८१, शुक्रबार १६:४५

बकैया दर्पण : बागमती प्रदेशका मुख्य मन्त्री बादुरसिहं लामाले सहकारी मार्फत पूँजी निर्माण भएको र यसलाई अर्थतन्त्रको विकासमा लगाउनुपर्ने बताएका छन् । बागमती प्रदेश सहकारी संघले आयोजना गरेको प्रथम बागमती प्रदेश सहकारी सम्मेलनको प्रमुख अथितिको रुपमा बोल्दै उनले सहकारी समाजको लागि आवश्यक भए पनि पछिल्लो समय समस्या आएको बताए ।

उनले रोजगारी श्रृजना गर्न, उधोगधन्दा सञ्चालन गर्न पूँजी आवश्यक पर्ने भएकाले समाजमा सहकारी आवश्यक रहेको बताए । सहकारी सदस्यको बचत अपचल गर्नु गलत भएकाले यो क्षेत्रलाई व्यवस्थित गर्न सबै पक्ष लाग्नुपर्नेमा उनको जोड छ ।

सहकारीका लागि नियम कानुन मात्र बनाएर नपुग्ने भन्दै उनले कार्यान्वयनको पक्ष महत्वपूर्ण हुने उल्लेख गरे । नियन कानुनमा लुपहोल रहेकाले त्यसको गतल प्रयोग गरी सदस्यको बचत दुरुपयोग गरेको उनको भनाई छ । विज्ञको सुझाव लिएर मात्र ऐन कानुन बनाउन सके यसले दिर्घकालसम्म सघाउने बताए । परिवारवादका रुपमा सहकारी सञ्चालन गर्ने र नक्कली ऋण बनाएर समेत सदस्यको बचत अपचलन गरेको उनको भनाई छ । सहकारीको बचतलाई घर जग्गा लगायतको क्षेत्रमा लगानी गरेको र अहिलेको आर्थिक मन्दीले त्यो क्षेत्रलाई समेत समस्या पारेकाले सदस्यको बचत फिर्ता गर्न नसकको उनको भनाई छ । सदस्यहरुले १८ प्रतिशत ब्याजको लोभमा परेर बचत राख्दा पनि समस्यामा परेको लामाले बताए । केही सहकारीले गरेको बदमासीले राम्रो संस्थाहरुलाई पनि समस्या परेको उनले बताए । मूलुकमा सहकारीको संख्था धेरै भएकाले एकीकरण मार्फत संख्या घटाउनु पर्ने उनको भनाइ छ । कार्यक्रममा बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले सहकारीकर्मीलाई समाजमा ठगको आँखाले हेर्ने गरेकाले यसलाई सम्मेलनले चिर्नुपर्ने बताए ।

बागमती सरकार सहकारीको समस्यामा गम्भिर रहेको र समाधानको लागि पहल गरिरहेको उनले जनाए । प्रदेश मातहत ३२ सय सहकारी रहेको र त्यसमा ७२ प्रतिशत सहकारी उपत्यकामा रहेको उनले बताए । प्रदेशले ५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको र ७५ वटा सहकारीलाई कारवाहीको लागि सिआइवीमा लेखी पठाएको मन्त्री श्रेष्ठले जनाए । कतिपय संस्थाका सञ्चालकसँग छलफल गरी सदस्यको बचत फिर्ता गराउने, ऋण नतिर्नेलाई ऋण तिर्न तागेता गर्ने र बन्द भएका संस्थालाई समेत नयाँ सञ्चालक समिति खडा गरी सदस्यको बचत फिर्ता गराउने कार्य गर्दै आएको उनले जनाए । त्यसैगरी संघिय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायका सचिव अर्जुनप्रसाद पोखरेलले सदस्यले सहकारीमा बचत गरेको एक रुपैयाँ पनि अपचलन हुन नहुने बताए । उनले समाजमा सहकारीको आवश्यकता रहेको र जनताको आर्थिक उन्नतिको माध्यम सहकारी भएको बताए । राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारी अर्थतन्त्रको बिकल्प नभएको उनको भनाई छ । सहकारी अभियानलाई बलियो बनाउन सरकारले सोही अनुसारको नीति नियमका साथै बजेट व्यवस्था गर्ने उनले भनाई छ । सहकारी क्षेत्रमा समस्या रहेको भन्दै सुधारको आवश्यकता रहेको उनले जनाए । सहकारी विभागले सहकारीको प्रवद्र्धन गर्ने र प्राधिकरणले नियमन तथा अनुगमनको काम गर्ने उनले बताए । सहकारीको एकिन तथ्याङ्क नरहेको भन्दै सचिव पोखरेलले त्यसका लागि संयन्त्र निर्माण गरेर सरकार अगाडि बढ्ने उनको भनाई छ ।

सम्मेलनमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सरकार र अभियान मिलेर गए सहकारी मार्फत थुप्रै उपलब्धि हासिल गर्न सक्ने बताइन् । उनले बागमती प्रदेशमा सबै भन्दा बढी समस्या रहेको र ठूला र धेरै संस्था यही प्रदेशमा रहेको जानकारी दिइन् । बागमती प्रदेशमा रहेका ३३ प्रतिशत सहकारीमा समस्या रहेको उनको भनाई छ । सहकारीको नियमन तर्साउन नभई सुधारको लागि हुनु पर्नेमा उनको जोड छ । कतिपय सहकारीकर्मीले मूल्य, मान्यता र सिद्धान्त अनुसार संस्था सञ्चालन नगर्दा प्राधिकरणको आवश्यकता महसुस भएको उनले बताइन् । सातै प्रदेशले सहकारीको विकास र प्रवद्र्धनको लागि बजेट व्यवस्थापन गर्न सके सहकारीलाई सुशासनमा लैजान सयहोग पुग्ने उनले बताइन । संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षतामा भएको सम्मेलनमा प्रदेश भरका ६ सय सहकारीकर्मीको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*