एसईई परीक्षा-२०८१: बकैयामा २ परीक्षा केन्द्रबाट ६२५ जनाले परिक्षा दिदै

बकैया दर्पण संवाददाता
३ चैत्र २०८१, सोमबार ०९:३४

बकैया दर्पाण : मकवानपुरको बकैया गाउँपालिकामा एसईई परीक्षा-२०८१ का लागि २ वटा परीक्षा केन्द्र तोकिएको छ। शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरले एसईई परिक्षाका लागि बकैयामा वडा नम्बर ३, हात्तीसुंडेस्थित बुद्ध मावि र वडा नम्बर ४, छतिवनस्थित महेन्द्र माविमा परिक्षाकेन्द्र तोकिएको हो ।

बकैयाको २ परिक्षा केन्द्रबाट ६२५ जना परिक्षार्थीले परिक्षा दिने बकैया गाउँपालिकाका शिक्षा शाखाका प्रमुख आइत्राम तामाङले जानकारी दिनुभयो । जसमा नियमिततर्फका ४८२ जना र ग्रेडवृद्धितर्फ १४३ जनाले परिक्षा दिनेछन् ।

जसअन्तर्गत बुद्ध माविस्थित परीक्षा केन्द्रमा बकैया-४ स्थित महेन्द्र माविका ३३ जना नियमिततर्फका ३५ जना र ग्रेडवृद्धिका ४८ जना, बकैया-९ स्थित कालिकादेवी माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धिका २ जना,
१० नम्बर स्थित प्रसिद्ध माविबाट नियमिततर्फ १५ र ग्रेडवृद्धिका ५ जना, ९ नम्बर स्थित बाघभैरव माविबाट नियमिततर्फ २५ जना र ग्रेडवृद्धिका ४ जना, ८ नम्बरस्थित जनजागृती माविबाट नियमिततर्फ ३० जना, ग्रेडवृद्धिका १ जना र १२ नम्बरस्थित कान्ति माविबाट नियमिततर्फ २१ जना र ग्रेडवृद्धिका ११ जना र मकवानपुरकै बागमती गाउँपालिकास्थित जनता माविबाट नियमिततर्फ १०१ जना र ग्रेडवृद्धिका ४१ जना परिक्षार्थी सहभागी हुनेछन् ।

यस्तै महेन्द्र माविस्थित परिक्षा केन्द्रमा
हात्तीसुंडेस्थित बुद्ध माविबाट नियमिततर्फ ८९ र ग्रेडवृद्धिका ७ जना, ७ नम्बरस्थित जनक माविबाट नियमिततर्फ ३३ जना ६ जना ग्रेडवृद्धि, ५ नम्बरस्थित कर्मप्राप्ती माविबाट नियमिततर्फ ४६ नियमित र ग्रेडवृद्धि ११ जना, ५ नम्बर स्थित प्रभात माविबाट नियमित ३५ जना नियमिततर्फ र १२ जना ग्रेडवृद्धि, २ नम्बर वडास्थित
कालिका माविबाट नियमिततर्फ २३ जना ग्रेडवृद्धि ७ जना र १ नम्बर वडास्थित सरस्वती माविबाट नियमिततर्फ १३ जना र ग्रेडवृद्धि १ जना परिक्षार्थीले परिक्षा दिनेछन् ।

यस वर्षको एसईई परीक्षा यहि चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन हुने छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*