सार्वजनिक विदामा पनि बकैया वडा नं ४ को बाघभैरव आवि खुल्ला

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०८१, बुधबार २१:११

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४, थलिस्थित बाघभैरव आधारभूत विद्यालय सार्वजनिक विदामा पनि खुलेको छ। बुधबार शिवरात्रीको अवसरमा सार्वजनिक विदा भएपनी विद्यालय खुलाएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक सिगबहादुर सुनारका अनुसार वार्षिक परिक्षालाई मध्यनजर गर्दै विद्यालय खुल्ला गरिएको हो । यहि फाल्गुन १६ गते ग्याल्बो ल्होछार र १७ गते शनिबारसहित लगातार ३ दिन सार्वजनिक विदा परेकोले वार्षिक परिक्षालाई असर पर्ने देखिएको र गत माघ १० गते बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक समितिको बैठकले फाल्गुन १४, १५ र १६ गते विद्यालय खुल्ला गर्ने निर्णय गरेको थियो ।

विद्यालय खुल्ला भएसंगै नियमित पठनपाठनसमेत भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*