विद्यार्थी अनुत्तीर्ण हुनुमा पढाउने शिक्षकको कमजोरीः प्रधानमन्त्री

बकैया दर्पण संवाददाता
१४ फाल्गुन २०८१, बुधबार ०७:१३

बकैया दर्पण : प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुनुको कारण पढाउने शिक्षकको कमजोरी भएको औंल्याएका छन्।

जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ता शिक्षकहरुको तलब बढाउन नसकिने बताए।

उनले विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने जिकिर गरे। उनले भने “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन। शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन। एसइईमा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ।’’

उनले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवाहरू निराश हुनुपर्ने बताए। मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने उनको भनाइ थियो।

उनले सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए।

“खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ। पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ। तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन। आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ।’’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*