घर नक्सा अभिलेखिकरण गर्न बकैयाको सूचना
बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र नक्सा पास नगरी बनाइएको भवनहरुको घर नक्सा अभिलेखिकरण गर्न ताकेता गरेको छ । गाँउपालिकाको गत माघ ३० गते बसेको कार्यापालिका बैठकको निर्णय अनुसार ४५ दिन भित्र गाउँपालिकामा अभिलेखिकरण गराउन आह्वान गरिएको हो ।

गाउँपालिकाको भवन निर्माण सम्बन्धि मापदण्ड र भवन निर्माण अनुमति तथा नक्सा पास सम्बन्धि कार्यविधि, २०७८ तथा नेपाल सरकारको राष्ट्रिय भवन संहिता, २०६० र वस्ति विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्गदर्शन, २०७२ को प्रयोजनको लागि बकैया गाउँपालिकाको क्षेत्र भित्र नक्सा पास नभई निर्मित भवनहरुको गाउँपालिकाको अनुमति बिना भवन तथा कुनै संरचना बनाइएको पाइएमा कानुन बमोजिम जरिवाना सहित कारवाही हुने समेत सूचनामा उल्लेख छ ।
