माझीले माग्यो लदी पर्वमा सार्वजनिक बिदा

बकैया दर्पण संवाददाता
२५ माघ २०८१, शुक्रबार ०८:४२

बकैया दर्पण : नेपाल माझी उत्थान संघले माझीहरूको महान पर्व लदी ( कोशी ) पूजाको दिन बागमती प्रदेश भारी सार्वजनिक बिदाको माग गरेको छ ।

केन्द्रीय समितिले पदाधिकारी ,सदस्य र बुद्धिजीवीहरूको संयुक्त उपस्थितिमा बागमती प्रदेशका मुख्यमन्त्री बाहदुर सिंह लामालाई ज्ञापन पत्र बुझाउँदै सार्वजिक बिदा माग गरेको छ ।

अध्यक्ष माझीले मुख्यमन्त्री लामालाई ज्ञापनपत्र बुझाउनुहुँदै देश सङ्घीय संरचनामा रहेको सन्दर्भमा प्रदेश सरकारले माझी समुदायको मागलाई सम्बोधन गरिदिन अनुरोध गर्नुभयो ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री लामाले सबै भाषा ,धर्म,संकृति ,चाडपर्व र रीतिरिवाजको संरक्षण गर्नु सरकारको दायित्व भएकोले लदी पर्वको सार्वजिक बिदाको सन्दर्भमा सल्लाह गरेर निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो सन्दर्भमा संविधानको मौलिक हक अन्तर्गत चाड पर्व मनाउन पाउन उल्लेख भएकोले मुख्य मन्त्री लामाले माझी समुदायको न्याय गर्न आफू तयार रहेको समेत बताउनु भयो ।

माझी जाति खोला किनारमा बसोवास गर्ने एक आदिवासी जनजाति हो । यो जातिको छुट्टै भाषा, धर्म ,संस्कृति र रीतिरिवाज छ । नेपाल सरकारले यस जातिलाई सीमान्तकृत समुदायमा वर्गीकरण गरेको छ । यसको अर्थ यस जातिको संरक्षण र सम्बर्द्धनको दायित्व राज्यको छ भन्ने हो ।

माझीहरूले यसभन्दा अगाडि पनि लदी पर्वलाई राष्ट्रिय पर्वको रुपमा विदादिन सरकारका धेरै निकायहरुमा धाएको अवगत गराउँदै यसपटक बागमती प्रदेश सरकारले आफूहरुलाई निराशा नबाउने आशा लिइएका छन्

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा एक लाख एघार हजार ३५२ जनसङ्ख्या माझीहरूको रहेको छ । नेपालमा रहेका माझीहरूको कुल जनसङ्ख्या मध्ये सबैभन्दा बढी बागमती प्रदेशमा मात्र ४१ हजार ६७१ अर्थात कुल जनसङ्ख्याको ३७.४२ प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।
ज्ञापन पत्र बुझाउनका लागि नेपाल माझी उत्थान संघ केन्द्रिय अध्यक्ष चिनिमाया माझी, केन्द्रीय सदस्य तिलक माझी ,पूर्व केन्द्रीय सदस्य रामशरण माझी , माझी मुक्ति मोर्चाका केन्द्रीय प्रतिनिधि लक्ष्मी माझी , मकवानपुर जिल्ला अध्यक्ष लोकेन्द्र माझी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*