देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी सम्पन्न

बकैया दर्पण संवाददाता
१८ माघ २०८१, शुक्रबार २०:१६

बकैया दर्पण : किरात देवास राई भाषा पढाइ प्रवाह पाठ्यपुस्तक लेखन सम्बन्धी तीन दिवसीय गाेष्ठी आज सम्पन्न भएको छ । गत बुधबार  देखि सञ्चालन भएकाे साे कार्यक्रम आज शुक्रबार सम्पन्न भएकाे हाे ।

हिमाली आदिवासी समाज नेपालको आर्थिक सहयोग तथा किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिको आयोजनामा सिन्धुलीकाे हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ गुर्जी स्थित  हायात हाेटलमा गाेष्ठी सञ्चालन भएकाे थियाे ।

कार्यक्रममा किरात देवास राईहरूले बाेल्ने  भाषाकाे पाठ्यपुस्तक तयार पार्नकाे लागि लेखान सीप सम्बन्धी प्रशिक्षण गरिएकाे हिमाली आदिवासी समाजका कार्यक्रम निरिक्षक राजमान राईले जानकारी दिनुभयाे । कार्यक्रममा सहभागीहरूले देवास भाषामा आफ्नाे जातीय  इतिहास, संस्कार, संस्कृति, गीत, कला तथा साहित्य सम्बन्धी लेखहरू तयार पारिएकाे र उक्त लेखलाई पाठ्यपुस्तकमा समेटिने निरिक्षक राईले बताउनु भयाे ।

वहाँका अनुसार  देवास राई भाषाकाे वर्ण पहिचान पछि पाठ्यपुस्तक निर्माणकाे कार्य थालनी गरिएकाे हाे । पाठ्यपुस्तक निर्माण पछि  देवास राई  समुदाय स्तरमा प्रवाहका लागि कक्षाहरू सञ्चालन गरिने याेजना समेत रहेकाे छ ।

कार्यक्रमकाे समापन सत्रमा समाजका कार्यबाहक अध्यक्ष श्याम बहादुर राईले  देवास राई भाषाकाे पाठ्यपुस्तक निर्माण  गर्नका लागि आर्थिक तथा प्राविधिक सहयाेग गर्ने हिमाली आदिवासी समाज नेपाल नामक संस्थालाई धन्यवाद दिए ।

गाेष्ठीमा मकवानपुरकाे बागमती गाउँपालिका र सिन्धुलीकाे हरिहरपुगढी गाउँपालिकाका १८ जना प्रशिक्षार्थीहरूकाे सहभागिता रहेकाे थियाे । देवास राई भाषाबाट पाठ्यपुस्तक लेखन सम्बन्धी यस कार्यक्रम देवास राईहरूका लागि एक  ऐतिहासिक कार्य भएकाे र आफूहरूले  विशेष चासाेका साथ लिएकाे सहभागीहरूले बताए ।

आफूले बाेल्ने भाषाकाे वर्णहरू समेत थाहा नभएकाे र यस कार्यक्रममा वर्ण पहिचान गर्न पाउँदा र आफै पाठ्यपुस्तक निर्माण गर्न पाठ्यसामाग्री तयारीका लागि लेखनशैली सीप समेत सिकेर पाठ्यवस्तु तयार पारी दिन पाउँदा आफूहरू अत्यन्तै खुशी भएकाे सहाभागीहरूकाे प्रतिक्रिया थियाे ।

प्रशिक्षण गाेष्ठी कार्यक्रममा हिमाली आदिवासी समाज नेपालकी कार्यक्रम संयाेजक टेसी डाेमा भाेटे ल्हाेमी र समाजका सहजकर्ता टिआर कठरियाले सहजिकरण गर्नु भएकाे थियाे ।

किरात देवास राई उत्थान समाज नेपाल केन्द्रीय समितिद्वारा आयाेजित तीन दिवसीय साे कार्यक्रमकाे समापन कार्यबाहक अध्यक्ष श्याम बहादुर राईकाे अध्यक्षतामा भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*