हरिहरपुरगढी स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी जनता माविलाई

बकैया दर्पण : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आयोजना भएको गाउँपालिकास्तरिय अन्तरविद्यालय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी वडा नम्बर २ स्थित जनता माविले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित जनता माविले उपाधी जितेको हो ।
यस्तै ६ स्वर्ण, ५ रजत र २ कास्यसहित मावी महेन्द्रझ्याडी द्दितिय र ५ स्वर्ण, ५ रजत र ४ कास्यसहित क्यानेश्वर मावि तृतीय भएको छ । यस्तै जनहित मावीले ५ स्वर्ण, २ कास्य र ६ कास्य, हरिहरपुर माविले ४ स्वर्ण, ३ कास्य र ५ रजत, श्री मावी कर्मीडाँडाले ३ स्वर्ण,३ रजत र १ कास्य, भानुभक्त माविले १ स्वर्ण, २ रजत र ४ कास्य र कुलेश्वर माविले ४ रजत र ४ कास्य मात्रै जितेको छ । पदक विजेता खेलाडी तथा प्रथम, द्दितिय र तृतीय विद्यालयलाई गाउँपालिकाका अध्यक्ष बज्रध्वजसहितको टिमले शिल्ड, मेडल र प्रमाणपत्र गर्नुभएको छ ।
युवा तथा खेलकुद विकास समिति हरिहरपुरगढीका अध्यक्ष लक्ष्मी बहादुर राई( हिमाल) को अध्यक्षतामा भएको कार्यक्रममा हरिहरपुरगढीका उपाध्यक्ष चेखबहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकरा, वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।