यी स्थानमा आज चट्याङसहित वर्षाको सम्भावना

बकैया दर्पण संवाददाता
११ कार्तिक २०८१, आईतवार ०६:४३

बकैया दर्पण : पहाडी भेगका केही स्थानमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

महाशाखाका अनुसार दिउँसो कोसी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार हाल देशभर स्थानीय र पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*