मकवानपुरमा मोटरसाइकलमाथि ढुङ्गा खस्दा दुई घाइते

बकैया दर्पण संवाददाता
२१ भाद्र २०८१, शुक्रबार २१:२५

बकैया दर्पण : हेटौँडा–काठमाठौँ जोड्ने कान्ति लोकपथ सडक खण्डमा गुडिरहेको मोटरसाइकलमाथि ढुङ्गा खसेर सवार मान्छेलाई लाग्दा दुईजना घाइते भएका छन ।

शुक्रबार बिहान कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी –८ च्यासुर खोलानजिक हेटौँडाबाट ठिङ्गन हुँदै काठमाडौँ जादै गरेको बा ६५ प ४२६३ नम्बरको मोटरसाइकलमा सडकमाथि भिरबाट ढुङ्गा खसेर लाग्दा दुईजना घाइते भएका हुन ।

मोटरसाइकल चालक बारा कलैया –८ बस्ने ४२ वर्षीय मंसुर मियाँ अन्सारी र सोही मोटरसाइकलमा सवार सोही स्थान बस्ने ३२ वर्षीय नरेन्द्र माली घाइते हुनुभएको बकैया गाउँपालिक वडा नं १२ का अध्यक्ष ज्ञानेन्द्र बजागाईले जानकारी  दिनुभएको हो ।

मोटरसाइकल गुडिरहेको अवस्थामा ढुङ्गा खसेर उनीहरूलाई लागेको थियो । दुवैको इलाका प्रहरी कार्यालय ठिङ्गनको टोलीले उद्धार गरी उपचारका लागि पठाइएको उनले जानकारी दिए ।

मोटरसाइकल सडकबाट ३० मिटर तल भिरमा अड्किएको र निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*