मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प
बकैया दर्पण संवाददाता
१५ भाद्र २०८१, शनिबार ०८:४८
बकैया दर्पण : मनाङ केन्द्र बनाएर शनिबार बिहान भूकम्प गएको छ।
३ बजेर ४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प लमजुङ, गोरखा र तनहुँसम्म महशुस गरिएको थियो।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्र बनाएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको थियो।
