बकैया ६ सानो ज्यामिरेमा ढुङ्गा खसेर लाग्दा बालिकाको मृत्यु

बकैया दर्पण संवाददाता
८ भाद्र २०८१, शनिबार १३:२९

बकैया दर्पण : मकवानपुरको बकैया गाउँपालिका–६, सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको छ ।

बकैया गाउँपालिका–६, साततलेस्थित जनश्रम आधारभूत विद्यालयमा १ कक्षामा अध्ययनरत छात्रा सुष्मा थिङको बिहीबार साँझ विद्यालयबाट घर फर्कने क्रममा सिंहपुरभन्दा अगाडिको उकालो बाटोमा ढुंगाले लागेर मृत्यु भएको स्थानीय सुसान भोम्जनले जानकारी दिए ।

घरबाट विद्यालय जान झण्डै २ घण्टा लाग्ने बताइएको छ । दिदी र साथीहरुसँग घर फर्कदै गरेकी सुष्माको टाउको र खुट्टामा चोट लागेको थियो । सुष्माको घटनास्थलमै मृत्यु भएको बताइएको छ । एकजना अर्का बालक पनि सामान्य घाइते भएको स्थानीय सुसान भोम्जनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*