बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकः भदौ ४ गते सार्वजनिक विदा

कानूनमन्त्री लामिछानेलाई प्रवक्ताको जिम्मेवारी
बकैया दर्पण संवाददाता
१ भाद्र २०८१, शनिबार ०८:०१

हेटौंडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षतामा बैठक बसेको हो । बैठकले बिभीन्न निर्णयहरु गरेको छ । बागमती प्रदेश सरकारले आगामी भदौ ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले भदौ ४ गते गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त दिन प्रदेशका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, वित्तिय संघसंस्थालगायत सरकारी कार्यालयहरु बन्द रहने भएको छ ।

यसैगरी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले उनलाई जिम्मेवारी प्रदान गरेको हो । बैठकले मन्त्रालयहरुमा रहेको अस्थायी दरबन्दीलाई स्वीकृति प्रदान गरेको मन्त्री लामिछाने जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*