कांग्रेस नेता बस्नेतसँग मुख्यमन्त्री लामाद्वारा भेट

बकैया दर्पण संवाददाता
२२ श्रावण २०८१, मंगलवार ०८:५६

बकैया दर्पण : नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसँग बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले भेटवार्ता गरेका छन् ।

सोमबार काठमाडौंको तीनकुनेस्थित नेता बस्नेतको निवासमा मुख्यमन्त्री लामाले भेट गरेका हुन् । भेटमा नेता बस्नेतले मुख्यमन्त्री लामालाई कार्यकालको शुभकामना र बधाई दिएका छन् ।

मुख्यमन्त्री बनेपछि लामाले कांग्रेसका नेताहरुलाई भेट गर्दै आएका छन् । बस्नेतले बागमती प्रदेशमा रहेको कांग्रेस नेतृत्वको सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*