कुन्दनराज काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा नगरेको
मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले मुख्यमन्त्रीको कार्यकक्षमा लफडा नगरेको दाबी गर्नुभएको छ।
उनको अनुसार प्रदेश प्रमुखको कार्यालयमा २ मिनेट बसेर म त्यहाँबाट निस्किएको हो र मुख्यमन्त्रीलाई केही समय मात्रै भेटेको थिएँ तर ममाथि लालचिन लगाउने गरी नेपालबास अनलाइनमा व्यापक समाचारहरु छापियो कुनधनराज काफ्लेले जानकारी दिनुभएको छ ।
“आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी मागेको छु तर मलाई सामाजिक विकास मन्त्रालयमा राखिएको थाहा पाएपछि म प्रदेश प्रमुखको कार्यालयमा गएर त्यहाँ मुख्यमन्त्री, सभामुख र प्रदेश प्रमुखलाई भेटेको हो ।” कुनधनराज काफ्लेले जानकारी दिनुभएको छ ।
यस विषयमा मन्त्री काफ्लेसँग जिज्ञासा राख्दा आफूले सामाजिक विकास मन्त्रीका रुपमा शपथ नलिने जानकारी मुख्यमन्त्री र प्रदेश प्रमुखलाई गराएको तर कुर्सी तोडफोड लगायतका अन्य अभद्र व्यवहार आफूले प्रदर्शन नगरेको जानकारी दिनुभएको छ ।
कांग्रेसबाट बुधबार मन्त्री बनेका कुन्दनराज काफ्लेले आफूलाई आर्थिक मामिला मन्त्रालय दिने सहमतिलाई कुल्चँदै सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिएको र सो जिम्मेवारी आफूले नलिने मुख्यमन्त्रीलाइ अडान राखेर असन्तुष्टि जनाएका थिए ।