कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी

मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएसँगै अब यो बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने मन्त्री कुन्दनराज काफ्लेले जानकारी दिनुभएको छ ।
” म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।” मन्त्री कुन्दनराज काफ्लेले बताउनुभएको छ ।
उनी दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए।