जिल्ला समन्वय समितीहरुलाई ५ करोड २० लाख सहयोग अनुदान दिने बागमती प्रदेश सरकारको निर्णय

बकैया दर्पण संवाददाता
९ श्रावण २०८१, बुधबार २०:५८

बागमती प्रदेशको नवगठित मन्त्रिपरिषद् बैठकले जिल्ला समन्वय समितीलाई ५ करोड २० लाख सहयोग अनुदान दिने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री बहादुर सिंङ लामाको नेतृत्वमा बुधबार साँझ बसेको बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ ओटै जिल्ला समन्वय समितीलाई सहयोग अनुदान दिने निर्णय गरेको हो । बैठकपछि संचारकर्मीहरुसंग कुरा गर्दै नवनियुक्त कृषि तथा पशुपन्छी मन्त्री प्रकाश श्रेष्ठले पहिलो बैठकले जिल्ला विभिन्न दुई ओटा निर्णय गरेको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकले बुधबार भएको सौर्य एयरलायन्सको विमान दुर्घटनामा निधन भएका १८ जना प्रति शोक व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको छ । यस्तै दुर्घटनामा घाइते भएका विमान चालक मनिषरत्न शाक्यको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

यस्तै बैठकले असार २८ नारायणगढ मुग्लीन सठकखण्ड अन्तरगतको सिमलताल पहिरोमा परी भएको बस दुर्घटनामा प्रति दुःख व्यक्त गरेको छ । दुर्घटनामा निधन भएकाप्रति शोक व्यक्त गर्दै घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै बैठकले वेपत्ताहरुको खोजीमा प्रदेश सरकारको तर्फबाट आवस्यक पहल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले मनसुनजन्य विपदमा परी ज्यन गुमाएकाहरु प्रति शोक व्यक्त गरेको छ । बुधबार सपथ ग्रहण गरेको नयाँ मन्त्रीमण्डमा नेकपा एमालेबाट ६ र नेपाली कांग्रेसबाट ३ मन्त्री सहभागी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*