सौर्य एअरलाइन्सको जहाजमा सवार १९ जनाको नामावली

बकैया दर्पण संवाददाता
९ श्रावण २०८१, बुधबार १४:३९

बकैया दर्पण : दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ ।

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए ।
चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन ।

परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए ।

पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो ।

आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।

विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुईजना सदस्य, सौर्यका कर्मचारी र इन्जियनियर सवार थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*