बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले आज शपथ लिन

बकैया दर्पण संवाददाता
९ श्रावण २०८१, बुधबार ०७:२९

हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहान साढे ११ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको हो । लामा मंगलवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका उनलाई नेपाली कांग्रेस ३७ सांसद सहित एमालेका २७ सांसद जना गरी ६४ जना सांसदको समर्थन रहेको छ।

शपथ लिएसँगै उनले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*