करेन्ट सट हुदा मकवानपुरगढी गाउँपालिका अध्यक्षको घरमा आगलागी

बकैया दर्पण संवाददाता
३० जेष्ठ २०८१, बुधबार ०६:१२

बकैया दर्पण : मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको घरमा आगलागी भएको छ ।

मकवानपुरगढी गाउँपालिका- ३ धमिलेस्थित अध्यक्ष स्याङतानको घरमा मंगलबार दिउँसोको समयमा आगलागी भएको हो ।

घरमा लागेको आगो प्रहरी, स्थानीय र हेटौंडा उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ । आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*