कान्ति लोकपथमा पहिरो जाँदा मोटर साइकल र ट्र्याक्टर पुरियो दुईजना घाइते

बकैया दर्पण संवाददाता
१५ जेष्ठ २०८१, मंगलवार २१:३४

बकैया दर्पण : दक्षिण ललितपुरको कान्ति लोकपथ अन्तर्गत भट्टेडाँडा कार्कीबासमा सुख्खा पहिरो जाँदा पुरिएर दुई जना यात्रु घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक हल्दा मिया मन्सुरी र मोटर साइकल पछाडि बस्ने यात्रु अव्दुल हविव मिया रहेका छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते भएका छन् ।

ललितपुर प्रहरी परिसरका प्रवक्ता नरेस सुवेदीका अनुसार पहिरो खस्दा यात्रुसहित मोटरसाइकल र ट्याक्टरलाई पुरिएको थियो ।
विहान करिव ९ बजेर ४५ जाँदा भएको र्दुघटनामा घाइते लाई उपचारका लागि विएण्डवि अस्पताल लगिएको छ ।

मकवानपुरबाट चापागाउँतर्फ जाँदै गरेको स १त ७३१८ नम्बरको ट्याक्टर चापागाउँबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–००४ प ५६६१ नम्बरको मोटरसाइकलाई पहिरोले पुरेको हो । झाँक्रिडाँडाको बीचमा कार्कीबास सडकखण्ड विस्तारको क्रममा पहाड काट्ने काम भइरहेको थियो ।

ढुंगा नै ढुंगाले बनेको ठाडो भीर तलबाट खनेपछि माथिल्लो भाग खसेको हो ।
केही समयदेखि सडक नै बन्द गरेर काम भइरहे पनि आशिंक रुपमा खुला गर्एिको थियो ।
प्रदेश राजधानी हेटौडाबाट संघीय राजधानी जोड्ने छोटो कान्तिलोकपथमा विभिन्न समयमा दुर्घटना हुँदै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*