मिडिया नियन्त्रण गरी सरकार निरंकुशताउन्मुख : महामन्त्री थापा

बकैया दर्पण संवाददाता
१३ जेष्ठ २०८१, आईतवार २१:५९

बकैया दर्पण : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले आफ्नो बारेमा के लेख्यो भन्ने आधारमा मिडिया नियन्त्रण गरी निरंकुशताउन्मुख भएको दावी गरेका छन्।

आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र भएको दावी गर्दै कन्टेनमाथि सत्ताले नियन्त्रण गर्न नहुने बताए।

सत्ता गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी रहेको बताए। उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुम्ने खतरा रहेको बताए। उनले प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए। उनले प्रतिपक्षलाई संसद्‌मा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए। महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आमसर्वसाधारण नागरिकसँग जोडिएको बताए।

थापाले भने, ‘प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र हो। प्रेसले प्रश्न उठाउन छोड्यो भने डेमोक्रेसी मर्‍यो। त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसद्‌मा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने। मेरो बारेमा के लेख्यो भन्ने आधारमा मिडियालाई नियन्त्रण गर्न थाल्यो भने कहाँ पुग्छौँ हामी। हाम्रो विरोध प्रदर्शन सत्ताले देखाएको निरंकुशता उन्मुख रवैयाको विरोधमा छ। गठजोडले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी छ।’

महामन्त्री थापाले सरकारलाई झकझक्याउने समय आएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*