बागमती सामुदायिक आँखा हस्पिटलको वार्षिक कार्यक्रमहरुको समिक्षा एबंम मुल्यांकन कार्य सम्पन्न -बकैया दर्पण

बकैया दर्पण : सामुदायिक हेटौंडा आँखा हस्पिटलद्वारा संचालित बागमती सामुदायिक आँखा हस्पिटल झुरझुरेको बार्षिक कार्यक्रमहरुको समिक्षा ,मुल्यांकन तथा आगामी कार्य योजनाहरु पेश गर्ने बैठक हिजो ४ गते शुक्रबार सम्पन्न भएको छ।
बागमती गाउँपालिकाको अध्यक्ष सर्केश घलानको कार्यकक्षमा भएको बैठकमा अध्यक्ष घलानको प्रमुख आथित्यता रहेको थियो।यस बैठकमा बागमती सामुदायिक आँखा हस्पिटलका इन्चार्ज ईश्वर चौधरीले आँखा हस्पिटलको बर्ष भरि गरेको कार्यक्रम र आँखा सम्वन्धी भएको विभिन्न गतिविधिको प्रतिबेदन प्रस्तुत गरेका थिए।
बैठकमा बागमती गाउँपालिका सरकारले जनतालाई सेवा दिने कुरामा कुनै कन्जुस्याइँ नहुने घलानले बताउनु भयो।सम्वन्धीत स्वास्थ शाखाले सरकारको योजनालाई अनुसरण गर्दै सर्बसाधरणलाई सेवा दिन लागि पर्नु पर्ने बताउनु भयो।
अहिले सामुदायिक आँखा हस्पिटल झुरझुरेमा ब्यवस्थापकीय पक्षमा देखिएको कमिकम्जोरी समाधानको समाधानको लागि सरकारको ध्यानाकर्षण भएको छ भन्दै समस्यलाई तुरुन्तै समाधान गरेर चुस्त दुरुस्त सेवा प्रवाह गर्न सरकारले सहयोग गर्ने बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रतिबद्धता जनाउनु भयो।
बैठकमा सामुदायिक हेटौंडा आँखा हस्पिटल ,मकवानपुरका प्रमुख डा. सुनिल थकालीले सामुदायिक हेटौंडा आँखा हस्पिटलमा सेवा लिनेमा मकवानपुर जिल्लाको ९०% प्रतिशत सेवाग्राही रहेको प्रतिबेदन मार्फत प्रस्तुत गर्नु भएको थियो।
त्यस्तै सामुदायिक हेटौंडा आँखा हस्पिटलका ब्यवस्थापन साहायक म्यनेजर सुदिर श्रेष्ठले हस्पिटलको विविध विषयमा जानकारी गराएका थिए।
बैठकमा बागमती ३ का अध्यक्ष कमान सिंङ पाख्रीन , बागमती गाउँपालिकाको प्रशासकीय अधिकृत झम्क नारायण घलान,प्रशासन शाखा प्रमुख सार्थक घिमिरे,अध्यक्षको स्वकीय सचिब मनोज बल ,सामुदायिक हेटौंडा आखा हस्पिटलको बाहिरी सहजकर्ता सुशील कुमार सिं र सिनियर फाइनन्स अफिसर उमेश महतको पनि सहभागिता रहेको थियो ।