मकवानपुर कार दुर्घटना अपडेट : घाइते दुईजनाको मृत्यु

बकैया दर्पण संवाददाता
५ जेष्ठ २०८१, शनिबार १५:४७

बकैया दर्पण: मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटनामा घाइते भएका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। घाइतेमध्ये रौतहटको मौलापुर नगरपालिका ६ बस्ने अन्दाजी १७ वर्षीय विवेक शाह  र  मकवानपुर भीमफेदी गाउँपालिका ८ बस्ने ६५ वर्षीय प्रेमबहादुर ब्लोनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यस्तै, अर्का घाइते बारा निजगढ नगरपालिका- ६ बस्ने  ३० वर्षीय सन्दीप शाहको हेटौंडाको शहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार  अनियन्त्रित भई  बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*