इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्नुपर्छ : अध्यक्ष नेपाल

बकैया दर्पण संवाददाता
१ जेष्ठ २०८१, मंगलवार १३:२३

बकैया दर्पण : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरू लेखेर राख्न आवश्यक रहेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले जीवनका कुराहरू राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताए।

उनले सबैले इतिहासका भोगाइहरूलाई टिपेर राख्न सुझाव दिए। उनले छिट्टै नै नेकपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गरे।

सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*