राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्ने

बकैया दर्पण संवाददाता
२८ बैशाख २०८१, शुक्रबार ०९:५७

बकैया दर्पण : राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन्।गत वैैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यो अध्यादेश जारी गरेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*