बकैया ८ को नेपाल घेदुङ द्वरा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

बकैया दर्पण संवाददाता
२१ चैत्र २०८०, बुधबार १२:४४

बकैया दर्पण। मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता बकैया गाउँपालिका वडा नम्बर ८ को नेपाल तामाङ घेदुङको आयोजनामा यही मिति २०८१ साल बैशाख १३,१४ र १५ हुने भएको हो ।

प्रतियोगिता बकैया गाउँपालिका वडा नम्वर ८ स्थित बकैया आधारभूत बिद्यालयको खेल मैदानमा हुने घेदुङका अध्यक्ष संजय कुमार लोप्चनले जानकारी दिए ।

उनले नयाँ बर्ष २०८१ सालको अवसरमा प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

अध्यक्ष लोप्चनले प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट हुने समेत बताए । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रुपैयाँ र उपविजेता टिमले नगद १५ हजार रुपैयाँ, सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन दर्ता शुल्क ३ हजार रुपैया तोकिएको आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*