५ किलोमिटर दौडेर ६० हजार जित्ने अवसर

बकैया दर्पण संवाददाता
१७ फाल्गुन २०८०, बिहीबार ११:४३

बकैया दर्पण,मकवानपुर : आउँदो शुक्रबार हेटौंडामा खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन प्रतियोगिता हुने भएको छ । यसअघि जिललास्तरीय दौडको रुपमा आयोजना गरिएको हेटौंडा रनलाई यो वर्ष खुला गरिएको छ। नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता हुन लागेको हो । यस वर्ष पुरस्कार राशी बढाइएको छ । प्रतियोगितामा ५ किलोमिटरको दूरी पार गरेर प्रथम हुने खेलाडीले ६० हजार

रुपैयाँ प्राप्त गर्नेछ । खेलाडीले पार गर्नुपर्ने दूरीका आधारमा यो आकर्षक पुरस्कार राशी हो। प्रतियोगितामा द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ४० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रोत्साहन स्वरुप २ जनालाई १०/१० हजार रुपैयाँ नगर राशी प्रदान गरिने छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५०, ४० र ३० हजार रुपैयाँ प्राप्त गरेका थिए। सान्त्वना भने समान १० हजार रुपैयाँ नै रहेको छ। गत वर्ष हेटौंडा-१४ का उमेश गोङवा प्रथम, भएका थिए ।

प्रतियागिता आयोजनाका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका सदस्यहरुको पनि उपस्थिति रहेको थियो। नगर खेलकुद विकास समितिमा मनोनित भएपछि घिमिरे नेतृत्वको समितिले पहिलो औपचारिक कार्यक्रमको रुपमा पत्रकार सम्मेलन आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*