एथलेटिक्स विधाको दौड प्रतियोगिताको उपाधी बकैया ५ का राजकुमार गोलेलाई

बकैया दर्पण संवाददाता
७ फाल्गुन २०८०, सोमबार ११:४०


बकैया दर्पण । बकैया एथलेटिक्स संघको आयोजना र वडा नं ४ मा दोस्रो बकैया एथलेटिक्स बिधाको दौड प्रतियोगिता आज सम्पन्न भएको छ ।

उक्त दौड प्रतियोगिता  किलोमिटरको रहेको थियो ।बकैया गाउँपालिकामै दोस्रो  पटक यस खेलको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा बकैया एथलेटिक्स संघको अध्यक्ष राजकुमार तिमल्सिनाको सभाध्याक्ष कार्यक्रम भएको थियो ।कार्यक्रममा प्रमुख अतिथीमा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री बिशेश अतिथिमा बकैया गाउँपालिका वडा नं ४ का अध्यक्ष राजन दंगाल  रहेको थियो।

प्रतियोगितामा सहभागीता मध्ये तेस्रो स्थानमा बकैया ७ का बकैया सन्तोष गौतम दोस्रो स्थानमा बकैया ७ का सचिन थिङ र प्रथ हुन सफल भने बकैया ५ का राजकुमार गोले रहेका छन भने प्रथम दौड प्रतियोगिताको पहिलो उपाधी भने बकैया नम्बर ७ अधेरीका लोक बहादुर बस्नेतले पाएका थिए ।

पहिलो दोस्रो र तेस्रो हुने प्रतियोगीहरुलाई क्रमस ३हजार २हजार १ हजार सहित मेडल प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*