बकैया औद्योगिक ग्राम भ्रमणमा उद्योग मन्त्री चित्रकार ।

बकैया दर्पण संवाददाता
२४ माघ २०८०, बुधबार १९:०४

बकैया दर्पण । बकैया गाउँपालिकाको औद्योगिक ग्राम अवलोकनको लागि भोलि बागमती प्रदेशको उद्योग,वाणिज्य ,भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार आउने भएको छ।

बकैया गाउँपालिका लगानीमा वार्ड नम्बर ७ मा निर्माण हुँदै गरेको औद्योगिक ग्रामको अवलोकन गर्नको लागि भोलि बिहान ८ बजे मन्त्री चित्रकार आउने भएको हो।गाउँपालिकाद्वारा निर्माण भएको उक्त औद्योगिक ग्राम अवलोकनको लागि गाउँपालिकाले निमन्त्रणा गरे पछि मन्त्रीको भ्रमण तय भएको सचिवालयले बताएको छ ।

करिब ३ करोड लागानिमा निर्माण भएको उक्त औद्योगिक ग्रामको सम्पुर्ण निर्माण कार्य सप्पन्न भैइसकेको छ ।अब चाडै सुचारु हुने बकैया गाउँपालिकका धर्मराज लामिछानेले बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*