निगमले बढायो पेट्रोल, ग्याँस र मट्टितेलको मूल्य, सूचीसहित

बकैया दर्पण संवाददाता
१८ माघ २०८०, बिहीबार ०६:०१

बकैया दर्पण । नेपाल आयल निगममले पेट्रोल, डिजेल, ग्याँस र मट्टितेलको मूल्य बढाएको छ।

राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ।

एलपी ग्यासको खुद्रा बिक्री मूल्यमाप्रति सिलिण्डर १५ रुपैयाँ बढाइएको छ।

इण्डियन आयल कर्पोरेशनबाट आज  प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ४.५३ र २.३२ रुपैयाँ तथा एलपी ग्यासको मूल्यमा प्रतिसिलिण्डर १५.७८ ले बढेर आएकाले निगम सञ्चालक समितिको निर्णय अनुसार मूल्य बढाइएको निगमले जनाएको छ।

जस अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेटोल १६७ रुपैयाँ ५० पैसा र डिजेल १५५ रुपैयाँ ५० पैसा,  सुर्खेत र दाङमा पेट्रोल १६९ र डिजेल १५७ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७० रुपैयाँ र डिजेल १५८ रुपैयाँ पर्ने छ। ग्यासको मूल्य भने एक हजार ९१० रुपैयाँ तोकिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*