हेटौंडामा रग्बी खेल हुने

बकैया दर्पण संवाददाता
१० माघ २०८०, बुधबार १८:०६

बकैया दर्पण ।हेटौंडामा रग्बी प्रतियोगिता हुने भएको छ । हेटौंडा रबरस क्लबको आयोजनामा यही माघ १४ र १५ गते प्रतियोगिता हुने भएको हो ।

लिग कम नआउटको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५ वटा र पुरुषतर्फ ४ वटा गरी ९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल महिला रग्बी क्लब काठमाडौं, हिमालयन टाइगर क्लब, बुढानिलकण्ठ नगरपालिका, भरतपुर महानगरपालिका, बर्दीवास नगरपालिका र हेटौंडा उपामहानगरपालिकाको टिमको सहभागिता रहनेछ ।

मकवानपुर जिल्लामा रग्बी खेलको विकास गर्ने, नयाँ खेलाडीहरु उत्पादन गर्ने र खेलाडीहरु बीच भातृत्व कायम गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागेको मकवानपुर जिल्लाका रग्बी प्रशिक्षक बिक्रम भारतीले जानकारी दिनुभएको छ ।

प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाबाट ५ लाख रुपैयाँ प्राप्त भएको र करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

हेटौंडा उपमहानगरपालिकाबाट यु–२० उमेर समूहको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताका ६ जना महिला र ४ जना पुरुष सहभागी भएको प्रशिक्षक भारतीले बताउनुभयो । सहभागी हुने महिला खेलाडीमा सुष्मा पाख्रिन, मनिसा घिसिङ, ज्योति भोम्जन, सिरिसा लोप्चन र पुष्पा खड्का रहेका छन् भने पुरुष खेलाडीमा अभि राई, विशेक बच्छार, अभिषेक थापा र सुजन लोप्चन रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*