नेपाल शिक्षक सङघ : पाचौं स्थानिय प्रतिनिधि सभा सम्पन्न

बकैया दर्पण संवाददाता
६ माघ २०८०, शनिबार १४:३१

बकैया दर्पण ।नेपाल शिक्षक सङघको पाँचौ स्थानिय प्रतिनिधि सभा तथा चियापान कार्यक्रम आज सम्पन्न भएको हो।

बकैया गाउँपालिकामा रहेको नेपाली काङ्ग्रेस पार्टी कार्यलयमा स्थानीय प्रतिनिधि सभा तथा चियापान कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रमको सभाअध्यक्ष कुमार स्याङ्बोज्युले गर्नु भएको थियो प्रमुख अतिथी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछने बिशिस्ट अतिथिमा नेपाली काङ्ग्रेस क्षेत्रीय सभापति दामोदर खनाल रहेको थियो भने अतिथिहरुमा नेपाल शिक्षक सङघ मकवानपुरका अध्यक्ष गणेश हुमागाई नेपाल शिक्षक सङघ बगमती प्रदेश सभा सदस्य ज्ञानेद्र बर्तौला नेपाली काङ्ग्रेस बकैयाका सभापति दिल बहादुर भोम्जन नेपाल शिक्षक सङघ बगमती प्रदेश नि.वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा रहेका थिए।

कार्यक्रममा नेपाल शिक्षक सङघले ७९/८०को नेपाल  शिक्षक सङ द्वार कामको विवरण सथै वार्षिक खर्चको विवरण प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा अन्य संगठनमा आबद्ध शिक्षक सथिहरु नेपाल शिक्षक सङघम प्रबेश गर्नु भएको थियो ।प्रबेश गर्नुहुने शिक्षकहरुमा हिरा देबि लुङ्वा,कान्छीमाया थिङ् प्रभात माबी उत्तम थिङ,हिरा लुङ्वा उत्तम थिङ कालिदेवी मबि मुकेश धमला कालिदेवी आबिका रहेका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*