आज माघ १ गते : माघे सङ्क्रान्ति

बकैया दर्पण संवाददाता
१ माघ २०८०, सोमबार ०८:२२

बकैया । आज माघे संक्रान्ति  । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।

तर धार्मिक ग्रन्थ अनुसार भने एकदिन भगवान शिवले नन्दिलाई पृथ्वीलोकमा जाउ, हरेक दिन नुहाउ अनि महिनाको एक पटक मात्र भोजन गर भनेर आज्ञा दिनुहुन्छ।

तर नन्दीले भने उल्टो बुझ्दछन र दिनमा एकपटक भोजन गर र महिनामा एकफेर नुहाउ भनि बुझ्दछन् ।

शिव रिसाएर नन्दीलाई पृथ्वीलोकमा गएर किसानहरुलाई कृषी गर्न र हलो जोत्न मद्धत गर्न आज्ञा दिन्छन् । यसरी नन्दिले पृथ्वी लोकमा गोरुका रुपमा आगमन गरेको पनि यसै दिन हो भन्ने प्राचीन विश्वास छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*