पाचौं बकैया कपको उपाधी वडा नम्बर ५र१०लाई

बकैया दर्पण संवाददाता
२९ पुष २०८०, आईतवार २३:५९

बकैया । बकैया गाउँपालिकामा आयोजना भएको पाँचौ सस्करणको बकैया कपको उपाधी  सिनियर तर्फ वडा नम्बर ५ ले आफ्नो पोल्टामा परेको छ भने जुनियर तर्फ बकैया वडा नम्बर १०ले जेतेको हो ।

आईतवार बकैया गाउँपालिकाको नव निर्मित बकैया रंगशालामा भएको फाईनल खेलमा जुनियर तर्फ ११ नम्बर वडालाई ३-२ गोल अन्तरले हराउँदै १० नम्बर वडा जुनियर तर्फको बेजेता बने भने वडा नम्बर ११उप बेजेतामा चित्त बुझाएका हुन

तेस्तै सिनियर तर्फ वडा नम्बर ५र वडा नम्बर ९ भिडेका थिए निर्धारित समयमा कुनै पनि गोल नभए पछि खेल ट्राईब्रेकरमा गएको हो।ट्राई ब्रेकरमा वडा नम्बर ९ले २ गोल गरेको थियो भने वडा नम्बर ५ ले ४ गोल गर्दै सिनियर टिमको बिजेता बनेका हुन भने वडा नम्बर ९ उपबिजेतामा चित्त बुझए।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाछ्न । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कार दिएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*