मकवानपुर जिल्ला लिगका लागि बकैया र पञ्चशिल युवा क्लब छनोट

बकैया दर्पण संवाददाता
२९ मंसिर २०८०, शुक्रबार १८:२९

बकैया दर्पण । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताका लागि बकैया युबा क्लब र पञ्चशिल युवा क्लब छनोट भएको छ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशाला जारी मकवानपुर जिल्ला लिग छनोट फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाउँदै बकैया र पञ्चशील जिल्ला लिगको लागि छनोट भएका हुन् ।

 

छनोट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पञ्चशील युवा क्बलले जनहित युबा क्लबलाई ३ –० गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । खेलमा पञ्चशील युवा क्लबका रोनिम मोक्तान, सुमन लोप्चन र राजन गोलेले १–१ गोल गरेका थिए ।

त्यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा बकैया युबा क्लबले जनप्रवाह क्लबलाई १०–० गोलको फराकिलो अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको हो । बकैयाको जितमा सुरेन्द्र राईले ३ गोल, जेओङ लामा र सुजन गुरुङले समान २ गोल गर्दा अभिषेक ब्लोन, निशान गोले र आयुष नेगीले समान एक गोल गरेका थिए ।

मकवानपुर जिल्ला फुटबल संघका सचिव सुनिल लोप्चनले जिल्ला लिग क्वालिफाईबाट फाइनलमा पुग्ने दुई टोली जिल्ला लिगमा छनोट हुने र जिल्ला लिगको पुछारमा हुने दुई वटा क्लव रेलिगेसनमा पर्ने जानकारी दिए । बकैया र पञ्चशिल क्लबले आगमी चैतमा हुने मकवानपुर जिल्ला लिग खेल्न पाउँनेछन् ।

जिल्ला लिग क्वालिफाईमा यी दुई टोलीको फाइनल खेल शनिबार दिउँसो २ बजे हुनेछ । छनोटका लागि जिल्लाबाट १२ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेता तथा उपविजेत क्लबले शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने र म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कृत गरिने आयोजनले जनाएको छ ।

करिब ४ लाख ८५ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बागमती प्रदेश खेलकुद परिषद् र नारायणी कलेज हेटौडाले सहयोग रहेको छ । २०७६ सालपछि एन्फा रेलिगेटेड लिग गर्नुपर्ने नियम लागू भएपछि मकवानपुरले लिग सुरु गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*